ताजा समाचार

एनआरएनए अध्यक्ष भट्टले निगमलाई ठगे, एक सातामा बुझाउनुपर्ने पैसा अझै बुझाएनन्

काठमाडौं, ३० कात्तिक । नेपाल वायुसेवा निगमले लिलामी मार्फत बेचेको बोइङ ७५७ विमानको पैसा अझै पाएको छैन् । करिब एक महिना अघि निगमले गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई १५ करोड १८ लाख रुपैयाँमा विक्रि गरेको थियो । भट्टले असोज ३० गते एक करोड ५० लाख रुपैयाँ बुझाएका थिए । तर एक साताभित्र बुझाउनुपर्ने बाँकी रकम अझै निगमले पाएको छैन ।

एक साताभित्र बाँकी रकम बुझाउन सम्झौतासहित बीबी एयरवेजलाई विमान बिक्री गर्ने निर्णय गरिएको भएपनि अहिलेसम्म पनि पैसा नपाएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । ‘म्याद गुज्रिसक्यो, सम्पर्क पनि हुन सकेको छैन । बाँकी रकम बुझाउनेरनबुझाउने भन्ने कुनै निर्णय पनि आएको छैन,’ श्रेष्ठले भने ।

अग्रिम रकम बुझाएर उनी सम्पर्कविहीन भएपछि निगमका लागि बोइङ–७५७ फेरि टाउको दुखाइको विषय बनेको छ । ३र४ पटकसम्म गरिएको बोलपत्र आह्वानको उपलब्धि देखिएको छैन । बीबी एयरवेजलाई विमान बिक्री गर्ने निर्णय वार्ताको माध्यमबाट लिइएको थियो । आगामी बोर्ड बैठकबाट उक्त विमानबारे निर्णय लिइने श्रेष्ठले बताए । भट्टले अझै १३ करोड ६८ लाख रुपैयाँ बुझाउन बाँकी छ । त्यो कहिले बुझाउने अत्तोपत्तो छैन ।

भवनले सन् २०१२ को अक्टुबरमा वेट लिज बिमानमार्फत् बीबी एयरवेजको उडान सुरु गरेका थिए । सातामा चार दिन मलेसिया उडान सुरु गरेपनि उनले लिजमा लिएको बिमानको भाडा समयमै नतिरेका कारण दुई महिनामै कम्बोडियन कम्पनीले बिमान फिर्ता लगेको थियो । त्यसयता बीबी एयरवेज नाम मात्रको एयरलाइन्सका रुपमा रहेको छ, उडान सञ्चालन गर्न सकेको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org