ताजा समाचार

चेक जाँच गर्नेक्रममा प्रहरीमाथि हातपात तथा कुटपिट, दुई जना पक्राउ

ललितपुर, ३० कात्तिक । प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन् । ललितपुरको पाटनढोकास्थित युएन पार्कको नयाँ पुलमा बुधबार प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभाग पाटनढोकाबाट खटिएको प्रहरी टोलीलाई जाँच गर्नेक्रममा हातपात भएको थियो ।

हातपात गरेको भन्दै ललितपुर महानगरपालिका–८ च्यासल का ५२ वर्षीय प्रेम महर्जन र ३१ वर्षीय उमेश महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी टोलीले बा २ च ५९०८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुले महानगरीय प्रहरी प्रभाग पाटनढोकामा कार्यरत प्रहरी हवल्दार विनायक लाल यादवलाई हातपात तथा कुटपिट गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org