ताजा समाचार

बढ्यो बम आतंक: गोरखामा नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विष्फोट

गोरखा, ३० कात्तिक । चुनावको मिति नजिकिएसँगै उम्मेदवारहरु बम आक्रमणको निशानामा पर्दै आएका छन् । विशेषगरी सशस्त्र युद्ध गरेर शान्ति प्रक्रिया हुँदै संसदीय व्यवस्थामा आएको माओवादी केन्द्र बम आक्रमणको निशानामा परिरहेको हो ।

आसन्न मंसिर १० र २१ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा होमिएका उम्मेदवारहरु बम आक्रमणको सिकार भईरहेका हुन् । यसैबिच माओवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ पनि बम आक्रमणको सिकार बनेका छन् ।

गोरखा नगरपालिका १० को सिर्दी खोला नजिक गाडीमा जाँदै गर्दा सुतली बम प्रहार भएको हो । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ । घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

वाम गठबन्धनको चुनावी प्रचारमा एमाले नेता विकलकुमार श्रेष्ठ समेत हि‌ंडेका थिए । बाह्र किलोमा गठबन्धनको बैठकमा सहभागी भएर फर्किने क्रममा बिष्फोट भएको हो ।

उक्त बेला वाम गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठ र प्रदेश सभाकी उम्मेदवार कमला नहर्की सँगै थिए । नहर्कीले आफ्नो गाडी नजिकै बम बिष्फोट भएको जानकारी दिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org