ताजा समाचार

बम आक्रमणबाट बचेका रामशरण महत भन्छन्, ‘विप्लवले भन्दा हितबहादुरले राखेका हुन्’

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आफ्नो हत्या गर्ने योजनाले विपक्षीले बम आक्रमण गरेको हुन सक्ने बताएका छन् । शुक्रबार भएको एम्बुस आक्रमण विप्लव समूहले नभएर विपक्षी उम्मदेवार हितबहादुर तामाङले हानेको हुन सक्ने आशंका व्यक्त गरेका हुन् ।

निर्वाचन बिथोल्न सक्रिय रहेको विप्लप समूहभन्दा विपक्षीतिरै बढी आशंका लागेको महतले बताए । ‘चुनावमा जित्न लाग्यो भनेर विपक्षीले एम्बुस राखेको हुन सक्छ’, महतले भने, ‘बढ्दो जनसमर्थनबाट विपक्षीहरु आत्तिएका छन् ।’

महत र विपक्षी उम्मेदवार हितमान तामाङ

विप्लप समूहको सन्दर्भमा बोल्दै महतले भने, ‘उहाँहरुले बम आक्रमण नगरेको बताइरहनुभएको मैले सुनेको छु, यो आमसभामा जान नपाओस् भन्नेहरुले गराएको आक्रमण हो ।’ महतले जंगलको बीचमा बाटो मुन्तिर प्रेसर कुकर बम राखेर आतंक मच्याइएको बताए । उनले सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org