ताजा समाचार

मर्निङ वाकमा हिडेका प्रचण्ड कांग्रेस पार्टी कार्यालयमा पुगेपछि…

चितवन, १ मंसिर । मर्निङ वाकमा हिडेका माओवादी केन्द्रका अध्यक्ष कांग्रेस पार्टी कार्यालय पुगेका छन् । सधैंको मर्निङ वाकमा निस्कने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार बिहान मर्निङ वाककै समयमा कांग्रेस पार्टी कार्यालयमा पुगेर चिया खाएका हुन् । भरतपुर– २१ को माइली चोकमा कांग्रेस पार्टी कार्यालयमा नेता(कार्यकर्ता व्यस्त थिए । उनीहरुले प्रचण्डलाई बोलाए र प्रचण्ड पनि के कम मर्निङ वाकमा निस्केका प्रचण्ड कांग्रेस कार्यालय पुगे ।

कांग्रेस कार्यकर्ताले प्रचण्डको भव्य स्वागत गरे । त्यसपछि चियागफ सुरु भयो । कांग्रेस कार्यकर्ताले भने, “तपाईं चितवनका लागि चाहिने नेता हो । धेरै नेतालाई जिताइयो । तर, चितवनको विकासका लागि कसैले केही गरेनन् । अन्तिम आशा हजुरकै छ । अब चितवनमा केही हुन्छ कि भन्ने आशा जागेको छ ।” अर्का कार्यकर्ताले थपे, “हामी हजुरकै अभियानमा हिड्थ्यौं, अलि ढिलो आउनुभयो । तैपनि हाम्रो ठाउँबाट हामी के गर्नुपर्छ ? गर्छौं । हजुरले चितवनमा जित्नैपर्छ ।”

सबैका कुरा सुनेपछि चियाको सुर्की लिँदै प्रचण्डले भने, “हिजो राजतन्त्र थियो । सामन्तीतन्त्र थियो । राजनीतिक लडाई मुख्य थियो । अब आन्दोलन गर्नु छैन । राजनीतिक लडाई गर्नु छैन । अबको लडाई समृद्धिको हो । विकासको हो । चितवनको विकास गर्ने संकल्प लिएर आएको छु । त्यसमा तपाईहरुको साथ चाहिन्छ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org