अब प्रकाश दाहाल पत्नी सिर्जना पनि प्रचण्डसँगै लाजिम्पाट बस्ने
काठमाडौं, ४ मंसिर । प्रकाश दाहालकी जेठी श्रीमती सिर्जना त्रिपाठी अबदेखि लाजिम्पाटमै बस्ने भएकी छन् । प्रकाश दाहालको असामयीक निधनपछि सिर्जना पनि प्रचण्डसँगै लाजिम्पाट बस्ने भएकी हुन् । सिर्जना अहिलेसम्म पोखरा आफ्नो माईतिमा बस्दै आएकी थिइृन् । प्रकाशको निधनले बाबु प्रचण्ड, आमा सीता, श्रीमतीहरु सिर्जना त्रिपाठी र बिना मगरलगायत आफन्त, ईष्टमित्र तथा शुभचिन्तकमा गहिरो चोट पुगेको छ ।
प्रकाशलाई आर्यघाटमा दागबत्ति दिइसकेपछि भने धेरैले उनका दुई श्रीमती र छोराबारे विभिन्न अड्कलबाजी गर्न थालेका छन् । त्यसो त बिनाभन्दा पनि अब सिर्जना के गर्लिन ? भन्ने धेरैको चासोका बिच सिर्जना प्रचण्डको आग्रहमा अब लाजिम्पाटमै बस्ने भएकी हुन् ।
प्रकाश दाहालको निधनपछि नर्भिक पुगेकी सिर्जना उनको पार्थिव शरीर देखेर बेहोस भएकी थिइन् । नर्भिकमै उपचारपछि उनको होस खुल्यो र उनी अन्त्येष्टीमा सहभागी हुन पशुपति आर्यघाट पुगिन् । त्यतिबेलासम्म प्रचण्डले सिर्जनालाई लाजिम्पाट लाने व्यवस्था गरिसकेका थिए । र, सहयोगका लागि माओवादी नेता डिलाराम आचार्यलाई अनुरोध गरियो ।डिलाराम भन्छन्, ‘लाजिम्पाटबाटै सिर्जनाका लागि गाडीको व्यवस्था गरिएको थियो । आर्यघाटमा प्रकाशको अन्त्येष्टीपछि मैले नै उनलाई गाडीमा हालेर पठाएको हुँ ।’
प्रकाश र सिर्जनाको ०६४ माघ ३ गते बिहे भएको थियो । उनीहरुका एक छोरासमेत छन्, प्रसिद्ध । तर, पछि प्रकाशले बिनासँग बिहे गरेपछि सिर्जना पोखरामा बस्दै आएकी थिइन् । तर, उनीहरुको सम्बन्धबिच्छेद भने भएको छैन ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...