सप्तरीका सिवकुमारले जिते २ लाख ४० हजारको बाइक
काठमाडौं, ६ मंसिर । एसएमएस क्विज कन्टेस्ट प्रतियोगिताको पहिलो पुरस्कार सप्तरीका सिव कुमार भगतले हात पारेका छन् । क्रिष्ट मिडिया र नेपाल टेलिकमद्धारा सञ्चालित एसएमएस क्विज कन्टेस्ट प्रतियोगिताको पहिलो विशेष पुरस्कार सुजुकी जिक्सर वाइक सिव कुमारले जितेका हुन् ।
रसियन प्रविधिबाट नेपालमै पहिलो पटक सञ्चालित प्रतियोगिताको आज विशेष समारोहकाबीच पुरस्कार वितरण गरिएको थियो । नेपाल टेलिकमका ग्राहकले भाग लिन पाउने यस प्रतियोगितामा प्रत्येक दिन एक जनालाई स्मार्टफोन, प्रत्येक १० दिनमा एक जनालाई ल्यापटप र प्रत्येक महिनामा एक जनालाई सुजुकी जिक्सर बाईक पुरस्कार पाउनेछन् ।
एक महिना अघिलदेखि सञ्चालनमा आएको यस प्रतियोगिताको प्रथम चरणको पुरस्कार वितरण कार्यक्रमको सभापतिमा क्रिष्ट मिडियाका केपी पोखरेल रहनुभएको थियो भने प्रमुख अतिथिमा डा. माधव प्रसाद लिंथेप रहनुभएको थियो । कार्यक्रममा नेपाल टेलिकमबाट दिनामणी पोखरेल, राम अर्यालको समेत सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्तर्गत पहिलो चरणमा १० जनाले ‘Leagoo M5’ स्मार्टफोन जितेका छन् । स्मार्टफोन विजेता हुनेहरुमा निर्मल गुरुङ, विन्दु थापा, राधा तिमिल्सेना, सागर कुमार, अरुणा राई, अमन खत्री, राजकुमार यादव, धन प्रसाद जेम्वाङ, सुजु थकाली र कृष्ण बोहोरा रहेका छन् । त्यस्तै ‘Twokey’ ल्यापटप विजेताहरुमा जिवन अर्याल, दिलमाया तामाङ र सिव कुमार भगत रहेका छन् । सिव कुमारले ल्यापटप, स्मार्टफोन र सुजुकी जिक्सर बाईकसहित तिनै पुरस्कार हात पारेका छन् ।
सुजुकी बाईक विजेता सिवकुमारले आफुले ८ हजार प्रश्नको उत्तर दिएको बताएका छन् । पुरस्कार ग्रहणपछि न्युज-नेपालसँग कुरा गर्दै सिवकुमारले घरपरिवारको सहयोग र निरन्तरको लगावले यो सम्भव भएको बताए । सप्तरी घर भएका सिवकुमारले यो प्रतियोगिताको अवधिमा विभिन्न समस्याहरु भोग्नुपरेका बताएका छन् । उनले भने, ‘गाउँमा यो फेक हो, फसाएर पैसा खाने हो भन्नेका कमी थिएन् । तर आफुले केही न केही त पक्कै होला भनेर खेलेकाले यहाँ सम्म पुगे ।’
सप्तरी जस्तो विकट क्षेत्रमा नेटवर्कको समेत समस्या रहेको भन्दै उनले आफ्नो पूरा गर्न सदरमुकाम आएर एसएमएस क्विज कन्टेस्ट खेलेको बताएका छन् । आफुले बाईनै जित्ने लक्ष्यका सात खेलेकाले लक्ष्य पुरा भएको उनको भनाई छ । प्रतियोगितामा बाईक पुरस्कार जित्दासम्म आफुले ३० हजार जति खर्च गरेको उनको भनाई छ । उनले पुरस्कारमा पाएको सुजुकी जिक्सर वाईकको बजार मुल्य २ लाख ४८ हजार ९ सय रुपैयाँ रहेको छ ।
कसरी खेल्ने त ?
क्विज कन्टेस्टमा सहभाभी हुन नेपाल टेलिकमको सिम प्रयोगकर्ताले सिमबाट क्विज लेखी ३१०१० मा
एसएमएस गरेपछि बधार्इ र सूचना तथा प्रश्न प्राप्त हुनेछ । उक्त प्रश्नको सही उत्तरको लागि पुनः सही नंम्बर
छानी एसएमएस पठाउनु पर्ने टेलिकमले बताएको छ । SMS Quiz Contest प्रतियोगिता एक बौद्दिक प्रतियोगिता हो । यसमा सहभागिहरुलाई विभिन्न विषयवस्तुहरुमा प्रश्न सोधिनो हुनाले आप्नो बौद्दिक ज्ञान चेक गरी बौद्दिकता बढाउनु साथै,
प्रत्येक दिन Smart Phone- १,
प्रत्येक 10 दिनमा Laptop – १
प्रत्येक महिना Suzuki Gixxer Motor Bike– १
सम्मेत जिन्न सक्नुहुनेछ । यो अटोमटीक रोवट प्रबिधि बाट प्रश्न हरु सोधिने र अंक गणना हुने प्रबिधि हो । यसमा मानविय हस्तक्षेप हुदैन । सहभागीता लिनको लागि तुरुन्त मोवाइलको Messages box मा quiz लेखी ३१०१० मा एस एम एस पठाउनुहोस for more information please visit our website www.quizcontestnepal.com
Comments
अरु समाचार
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...
-
नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको...
-
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवकाे जोड
काठमाडौँ, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास...
-
नेपालमै विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता (फोटोफिचर)
विराटनगर। कोशी एन के मोटर्स स्वदेशमै बिजुली गाडीहरुको उत्पादनका लागि स्थापना भएको कम्पनी हो । चाइनाको विश्वबिख्यात बस निर्माता कम्पनी...