ताजा समाचार

बुद्ध भारतमा जन्मिएको दलार्इ लामाको दाबी, अभिव्यक्तिको चर्को विरोध (भिडियो)

काठमाडौं, ७ मंसिर । भारतमा निर्वासित जीवन बिताइरहेका बौद्ध धर्म गुरु दलार्इ लामाले गौतम बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका छन् । तिब्बतबाट भारतमा निर्वासित जीवन बिताईरहेका दलाई लामाले गौतम बुद्धको जन्मस्थल र नेपालबारे गम्भीर प्रकारको विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

भारतमा गरिएको एउट प्रवचन कार्यक्रममा लामाले गौतम बुद्ध भारतमा जन्मिएको जिकिर गर्दै नेपालमा जन्मिएको भन्नेहरूलार्इ बुद्ध नभएकाहरू भनेका छन् । दलार्इ लामाले बुद्ध र नेपालबारे दिएको यो विवादास्पद अभिव्यक्तिसहितको भिडियो अहिले युट्युबमा अपलोड गरिएको छ । युट्युवमा यो भिडियो सार्वजनिक भएपछि यसबारे फरक फरक कोणबाट टिप्पणी गर्ने क्रम बढेको छ। ‘केही नेपालीहरूले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको भनिरहेका छन्, यसले कुनै अर्थ राख्दैन र यसो भन्नेहरू बुद्धि नभएका हुन्’, उनले भिडियोमा प्रवचन दिँदै भनेका छन् ।

उनले बुद्ध जन्मेको बेलामा नेपाल भन्ने देशको अस्तित्व नै नरहेको बताउँदै भारतमै जन्मेको जिकिर गरेका छन् । लामाले इशापूर्व २५०० को प्राचीन समयमा नेपाल भन्ने कुनै देश अस्तित्वमा नरहेको पनि दाबी गरेका छन् । त्यो बेला चीनसम्म फैलिएको एउटा सिङ्गो विशाल भारत रहेकोले बुद्धलार्इ भारतमा जन्मेको मान्नुपर्ने जिकिर गरेका हुन् ।

‘तत्कालीन समयमा एकजना महान भारतीय गुरुले भारतदेखि सिंगै एसियालार्इ बुद्ध-दर्शन पढाइरहेका थिए’, दलार्इ लामाले भनेका छन्, ‘यसरी बुद्ध-दर्शन भारतबाट चीन, बर्मा, थाइल्यान्ड, कम्बोडिया, श्रीलंका, लाओस, कोरिया, जापान र केही गणराज्य हुँदै रसियासम्म पुगेको थियो ।’

‘केही नेपालीहरूले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको भनिरहेका छन्, यसले कुनै अर्थ राख्दैन र यसो भन्नेहरू बुद्धि नभएका हुन्’, उनले भिडियोमा प्रवचन दिँदै भनेका छन् । प्रवचनका क्रममा लामाले आफूले कहिल्यै पनि बुद्ध धर्मलार्इ सबैभन्दा उत्कृष्ट नभनेको जिकिर गरे । ‘बुद्ध मात्रै होइन, अन्य कुनै एक धर्मलार्इ मात्रै उत्कृष्ट धर्म हो भन्न हामी सक्दैनौँ’, उनले भनेका छन् ।

दलार्इ बुद्धबारे विवादास्पद टिप्पणी गरेको यो भिडियो कहाँ खिचिएको भन्ने खुलेको छैन । तर, बुद्धबारे उनले टिप्पणी गर्ने क्रममा भारतीयमूलका केही व्यक्तिले केही सिकाइरहेको भिडियोमा देख्न सकिन्छ । भारतीय मूलका देखिने मानिसको उपस्थिति हेर्दा कार्यक्रम भारतको कुनै स्थानमा भएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org