ताजा समाचार

युवा पुस्ताका उदयीमान गायक सुशील भट्टराई

काठमाडौं । नेपाली लोक गीत/संगीत क्षेत्रमा उदयीमान कलाकारहरुमध्य एक सर्वाधिक रुचाइएका कलाकारको नाम हो सुशील भट्टराई । बाल्यकालदेखि नै गीत÷ सँगीतलाई माया गर्ने उनको जन्म संखुवासभा जिल्ला सभापोखरी गाँउपालिकाको बितलवमा भएको हो ।

विशेषतः नेपालको पूर्वी क्षेत्रमा प्रचलित शब्द,संगीत र मौलिकताले भरिएका सांगीतिक कोसेली सिर्जना गर्न रुचाउने भट्टराई सानो उमेरदेखि नै गीत÷संगीतमा आफ्नो धेरै रुची भएको बताउँछन् । उनी भन्छन्, ‘‘विद्यार्थी हुँदा कतै सांगीतिक कार्यक्रम भयो भने कसरी हुन्छ पुगि हाल्थेँ, सबैले धेरै मनपराउनु हुन्थ्यो, धेरै माया गर्नु हुन्थ्यो ।’’

संखुवासभा जिल्ला नेपालका चर्चित लोक कलाकार कमलीकान्त भेटुवाल, खेम गुरुङलगायत कलाकारको पनि जन्मभूमि हो । भट्टराई भन्छन्, ‘‘लोक गीत संगीत हाम्रो सम्पति हो, सभ्यता र पहिचान हो यसको संरक्षणमा अग्रजहरुले पुर्याएको योगदानको सम्मान गर्नुपर्छ । विश्वव्यापीकरण र सूचना प्रविधिले अहिले हाम्रो मौलिकता खतरामा परेको देखिन्छ, त्यसैले युवा पुस्ताले यसलाई परास्त गर्नुपर्छ ।’

उनी गायनका साथसाथै वाद्यवादनमा पनि उत्तिकै अब्बल छन् । उनले मादल, हार्मोनियम लगायतका वाद्ययन्त्र बजाउने र संगीत गर्ने गरेका छन् । कर्णप्रिय लोक स्वादका धेरै गीतहरू गाएर पूर्वी नेपालका दर्शकहरूमाझ लोकप्रिय भट्टराईले दर्जनौ लोकगीत बजारमा ल्याइसकेका छन् । तिहारै आयो (देउसी भैलो गीत) , सुनको बाला,लालुमाया, पूर्वै इटहरी, अरुनै पारी दिङ्ला बजारलगायत गीत दर्शक श्रोताले अत्यधिक रुचाएका गीतहरु हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org