ताजा समाचार

जहाँ महिलाहरूले मात्रै शव बोक्ने देखि दाह संस्कारसम्म गर्छन्

काठमाडौं, ८ मंसिर । हिन्दू परम्पराअनुसार कसैको मृत्यु हुँदा पुरुषले नै काँध दिनुपर्छ भन्ने मान्यता छ । तर पछिल्लो समयमा महिलाहरूले दागबत्ती दिएको र पार्थिव शरीरलाई काँध दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ ।

यस्तै विरलै देखिने र सुनीने उदाहरणीय काम तनहुँ दमौली व्यास नगरपालिका ५ चापाघाटका महिलाहरूले गरेका छन् । चापाघाटमा महिलाहरूले वेदव्यास जेष्ठ नागरिक आश्रम सञ्चालन गरेदेखि त्यहाँ मृत्यु हुने व्यक्तिको शव घाटसम्म आफै पुर्‍याउँदै आएका छन् । आज बिहान मात्रै पनि आश्रमका ९८ वर्षीय मिन बहादुर नेपालीको निधन भएपछि महिलाहरू आफैले शव बोकेर दाह संस्कार गरेका छन् ।

नेपालीको निधनपछि शवलाई काँध दिन आउनेमा कोही पुरुष थिएन । त्यहाँ नेपालीको शवलाई काँध दिने, घाटमा लग्ने र मलामी समेत महिला मात्रै थिए । आश्रममा आश्रय लिएका जेष्ठ नागरिकहरूको सन्तान भनेकै त्यहाँका महिलाहरू हुन् । आश्रममा आश्रय लिईरहेका वृद्धवृद्धाको निधन भए महिलाले नै शव बोक्ने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org