चर्खाबाट ऊन काटेर आम्दानी बढाउँदै महिला
चितवन, ८ मंसिर । पूर्वी चितवनको पदमपुरस्थित थाङ्खोला सामुदायिक वन क्षेत्रका महिला लोपोन्मुख पेशा ‘चर्खाबाट ऊन कात्ने’ सीप सिकेर आम्दानी बढाउँदै आएका छन् । उक्त वनका उपोभोक्ताले सञ्चालन गरेको चेतना चेली बहुउद्देश्शीय सहकारी संस्थाले जिल्ला वन कार्यालयको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत ऊन कात्ने तालिम प्रदान गरेको हो ।
पेशा नहराओस् भनेर यसरी महिलालाई तालीम प्रदान गरिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिनुभयो । वैकल्पिक तरिकाबाट वन संरक्षणका लागि जिल्ला वन, चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय सामुदायिक वनको हरियो वन कार्यक्रमको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले यहाँका विपन्नलाई समेटेर चर्खा कार्यक्रम सञ्चालन गरेको छ ।
हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा यहाँका ६५ महिलालाई हालै तालिम प्रदान गरिएको भट्टराईले बताउनुभयो । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले महिलाद्वारा सञ्चालित यस सहकारीलाई आवश्यकपर्ने सबै खालको सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
जिल्ला वन अधिकृत केदार पौडेलले वरण्डाभार जैविक मार्गको संरक्षणका लागि तालीम महत्वपूर्ण हुने भन्दै यसमा आश्रित समुदायको आर्थिक विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । लाभान्वित समुदायले यस क्षेत्रको संरक्षण, चोरी शिकारी नियन्त्रण र जथाभावी चरिचरण नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालले समुदायलाई लक्षित गरी यस्ता कार्यक्रम संरक्षण गरी आयआर्जनमा टेवा पु¥याउने भन्दै २२० महिलालाई यसअघि तालिम प्रदान गरिएको थियो ।
सो क्षेत्रमा सीप सिकेर धेरै महिलाले फुर्सदको समयमा चर्खाबाट मनग्य आम्दानी गर्दै आएका छन् । हराउँदै गएको यस पेशा चितवनको पूर्वीक्षेत्र पदमपुरमा भने कायमै छ । पछिलो समयमा यहाँका महिलाले गलैँचा समेत बुन्न शुरु गरेका छन् । सामान्यतः एउटा गलैंँला बुनेको उनीहरुले रु सात हजार ज्याला पाउँछन् । रासस
Comments
अरु समाचार
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...
-
सुनको मूल्यले नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको...
-
के तपाई भिजिट र पर्यटक भिसामा विदेश गएर काम गर्न खोज्दै हुनुहुन्छ ? सचेत हुन विभागको आग्रह
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी...
-
युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
काठमाडौँ, ९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको...
-
दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै
काठमाडौँ, ९ असोजः एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...