म्याग्दीमा सुरक्षा सतर्कता उच्च
![](http://news-nepal.com/wp-content/uploads/2017/06/madi-police.jpg)
म्याग्दी, ९ मंसिर । भोलि आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा निकायले सुरक्षा सतर्कता बढाएको छ । लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच गएराति जिल्लाका विभिन्न ठाउँमा झडप भएपछि सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रसम्म रातको समयमा हुने गतिविधिलाई निगरानी र नियन्त्रण गर्ने रणनीतिलाई कार्यान्वयन गरिएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो । गएराति घतान, अर्जम, चुत्रेनी, मुदी, पात्लेखेतलगायतका ठाउँमा दुई गठबन्धनका युवाबीच झडप भएको थियो ।
दल र उम्मेदवारको प्रचारप्रसारका क्रममा उम्मेदवार केन्द्रित सुरक्षा रणनीति अपनाएका सुरक्षा निकायले बिहीबारदेखि मतदानस्थलमा पुगेका अधिकृतसहितको कर्मचारीको सुरक्षा, सम्भावित झडपका घटनालाई न्यनूीकरणका लागि फरक रणनीति अपनाएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो । बिहीबार रातिदेखि शुरू भएको मौन अवधिमा प्रतिस्पर्धी दलहरुले मतदातालाई प्रभावित पार्न खोज्दा झडपका घटना, आपराधिक मानसिकता भएकाहरुको चलखेल, निर्वाचनको विरोधीहरुको गतिविधिसमेत बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षा योजना बनाइएको सुरक्षा निकायले जानकारी दिएको छ ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सदरमुकाम बेनीदेखि विकट बस्तीका मतदान केन्द्रमा समेत आवश्यकताअनुसारको सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै राति ८ बजेपछि आवतजावतमा निगरानी र १० बजेपछि नियन्त्रणमा लिई अर्को दिन छोड्नेसहितको योजना बनेको छ । जिल्लालाई जोड्ने नाकामा कडाइ, जमिनदेखि जंगलसम्म सुरक्षाकर्मीको परिचालन गरिएको बताउँदै राजनीतिक दललगायतका सरोकारवाला निकायबाट समेत सहयोगको अपेक्षा गरिएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने आवश्यक सबै शक्ति प्रयोग गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित छलफलमा सामाजिक सञ्जाल, गलत मोटिभेसन, मदिरा, पैसा, मोटरसाइकल र शक्ति प्रदर्शनका कारण हुन सक्ने सम्भावित घटनालाई आधार बनाई रणनीति बनाइएको सुरक्षा निकायको भनाइ छ । निर्वाचनको प्रचारप्रसारका क्रममा बेनी नगरपालिका–१ रत्नेचौर र बेनपा–३ भकिम्लीको तोराखेतमा बम विस्फोट भएपछि सुरक्षा योजनामा समेत परिवर्तन गरिएको छ । रासस
Comments
अरु समाचार
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा
काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले...
-
माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु
काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
देशका विभिन्न भागमा वर्षा, सर्तक रहन मौसम विभागको आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
सङ्खुवासभामा पहिरोले तीन घर बगायो
काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले...