ताजा समाचार

बिना विभागीय मन्त्री शर्माले गरे पहिलो पटक गरे आफ्नै लागि मतदान

रुकुम पश्चिम, १० मंसिर । बिना विभागिय मन्त्री जनार्दन शर्माले आफ्नै लागि पहिलो मतदान गरेका छन् । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार शर्माले मुसीकोट नगरपालिका–५, को यमुनानन्द नमूना माविमा रहेको मतदान स्थलको क मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदानको समय सुरु भए लगत्तै जनार्दन शर्माबाट मतदान सुरु भएको मतदान अधिकृत पूर्णबहादुर अछामीले जानकारी दिए । शर्मा यो सहित चार वटा निर्वाचन लड्दै छन् । यस अघि तीन वटा निर्वाचन लडिसकेका शर्माले आफ्नो लागि भने पहिलो पटक मतदान गरे ।

२०४८ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचन, २०६४ सालको पहिलो संविधान सभा सदस्यको निर्वाचन र २०७० सालमा भएको संविधान सभा सदस्यको दोश्रो निर्वाचनमा पनि शर्मा उम्मेदवार थिए । यस अघिका ३ वटै निर्वाचनमा उनले आफूले आफैलाई मतदान गर्न पाएका थिएनन् ।

यस अघिका निर्वाचनमा निर्वाचन क्षेत्र फरक परेका कारण उनले आफूलाई मतदान गर्न नपाएका हुन् । यस अघिका तीन वटै निर्वाचनमा उनी २ नम्वर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए भने उनको नामावली र मतदान केन्द्र भने १ नम्वर निर्वाचन क्षेत्रमा थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org