ताजा समाचार

बाजुराको बुढीनन्दामा ढुंगा हानाहान, प्रहरीद्वारा ३ राउण्ड हवाईफायर

बाजुरा, १० मंसिर । बाजुराको बुढीनन्दा नगरपालिका ८ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको छ । बुढीनन्दाको पिसक्रेटर मतदान केन्द्रमा स्थिति तनावग्रस्त भएपछि सुरक्षाकर्मीले ३ राउण्ड हवाइफायर गरेको छ ।

स्थिति नियन्त्रणमा आएपछि अहिले मतदान सुरु भएको सुदूरपश्चिमका क्षेत्रीय उपप्रशासक शंकरबहादुर बिष्टले जानकारी दिए । यस्तै बाजुराकै बुढीगंगा नगरपालिका ब्रह्मतोला मतदान केन्द्रमा लाइन लगाउने विषयमा विवाद हुँदा रोकिएको मतदान अहिले सुरु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org