ताजा समाचार

वाम गठबन्धनका उम्मेदवार शालिकराम जमरकट्टेलको यस्तो गोप्य मतदान !

धादिङ, १० मंसिर । माओवादी नेता तथा धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार शालिकराम जमकट्टेलले गोप्य मतदानको खिल्लि उडाएका छन् । वाम गठबन्धनका तर्फबाट धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) का उम्मेदवार रहेका जमकट्टेलले निर्वाचन आयोगलाई चुनौति दिँदै आफूले गरेको ‘गोप्य’ मतदान सबैका सामू सार्वजनिक गरेका हुन् ।

कुनै पनि मतदाताले आफूले कुन उम्मेदवार तथा दलको चुनाव चिह्नमा मतदान गरेको भनेर सार्वजनिक गर्न पाइँदैन । यस्तो मतदानलाई ‘गोप्य’ भन्ने गरिन्छ । कुनै मतदाताले आफूले गरेको मतदानको फोटो खिचेर ल्याउन नपाउन भनेर मतदान केन्द्रमा मतदातालाई क्यामेरा तथा मोबाइल लैजान पनि निषेध गरिएको हुन्छ । तर, माओवादी नेता जमकट्टेलले भने आफूले गरेको मतदान पत्रकार र त्यहाँ उपस्थिति सबैलाई देखाउँदै फोटो समेत खिचाएका छन् ।

उक्त तस्बिरमा उनले मतपत्रमा कुन दलको चुनाव चिह्नमा मत हालेका छन् भनेर प्रस्ट देख्न सकिन्छ । नेता जमकट्टेलले धादिङको गजुरी गाउँपालिका–७ तिरानचोक कटुन्जे मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org