महानगरस्तरीय विकास प्रमुख चुनावी मुद्दा
पोखरा, १० मंसिर । कास्कीका चार गाउँपालिकाका कुनै पनि वडाले नछोएको र महानगरका वडा मात्र रहेको कास्की क्षेत्र नं २ मा महानगरस्तरीय विकासको चुनावी मुद्दा बनाएर उम्मेदवार यतिखेर घरदैलोमा व्यस्त छन् । महानगर घोषणा भएर पनि अधिकांश वडा विकासको पूर्वाधारबाट वञ्चित भएकाले यसलाई उम्मेदवारले मतादातामाझ चुनावी मुद्दा बनाएका हुन् ।
कास्की क्षेत्र नं १ मा तालको संरक्षण र विकास प्रमुख चुनावी मुद्दा बनेको छ भने क्षेत्र नं २ मा पदयात्रा पर्यटनको विकासलाई दलले चुनावी नारा बनाएका छन् । सो क्षेत्रमा पर्ने वडालाई महानगरस्तरीय विकास गर्छौं भन्दै उम्मेदवारले भोट माग्ने गरेको कास्की भरतपोखरीका सहदेव पौडेलले बताउनुभयो । “महानगर भएर पनि त्यहीरुपमा यहाँका वडा विकसित बन्न सकेका छैनन्”– उहाँले भन्नुभयो, “भरतपोखरी, निर्मलपोखरीलगायत ठाउँ नगरपालिका हुँदै महानगरमा समेटिए पनि विकास हुन् सकेको छैन् ।”
तीन निर्वाचन क्षेत्र भएको कास्कीमा कूल दुई लाख ५५ हजार ४५२ मतदातामध्ये क्षेत्र नं २ मा ७० हजार ६५१ मतदाता रहेका छन् । कास्कीे क्षेत्र नं २ को प्रदेश ९क०मा पोखरालेखनाथ महानगरपालिकाका वडा नं ७, १५, १७, २१ र ३३ पर्दछन् भने प्रदेश ९ख० मा ४, ८, ९, ११, १६ र २० नं वडा पर्दछन् । नेपाली काँग्रेस र वाम गठबन्धनबीच नै प्रमुख प्रतिष्पर्धा हुने अनुमान गरिएको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसका देवराज चालिसे र वाम गठबन्धनका रवीन्द्र अधिकारी उम्मेदवार हुनुहुन्छ ।
विद्यार्थी राजनीतिदेखि नै आफूलाई क्रियाशील बनाएका दुई युवा नेताको चुनावी प्रतिष्पर्धालाई निकै महत्वका साथ हेरिएको छ । महानगरलाई प्रविधिमैत्री शहरका रुपमा विकास गर्नु आवश्यक रहेको वाम गठबन्धनका उम्मेदवार अधिकारी बताउनुहुन्छ । महेन्द्र गुफा, गुप्तेश्वर गुफाका साथै अन्य पर्यटकीयस्थलको व्यवस्थित विकास आवश्यक रहेको उहाँले बताउनुभयो ।
यस निर्वाचन क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गुफाका साथै हिमाली शृङ्खलासहित पोखरा तथा लेखनाथका दृश्य एकसाथ हेर्न सकिने हुडिकोट, बरपाण्डेथुम, फोक्सिङकोटजस्ता स्थल रहेका छन् । काहुँ टावर, भलामकोट, अर्मलाकोट पनि यहाँका महत्वपूर्ण पर्यटकीय स्थल हुन् । धार्मिक एवं ऐतिहासिकरुपमा महत्व राख्ने भरतपोखरीको बरस्थित मल्लकालीन कोटभैरव मन्दिर, पोखरा– १७ स्थित राममन्दिर, गुप्तेश्वर महादेव, भलामस्थित हरिहर महादेव पनि धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने स्थल हुन् ।
पर्यटकीय गन्तव्यसहित महानगरका वडाले समेटिएको यस क्षेत्रलाई व्यवस्थित विकास गर्दै सुन्दर शहरका रुपमा अघि बढाउनु पहिलो आवश्यकता भएको काँग्रेसका उम्मेदवार चालिसे बताउनुहुन्छ । “यस क्षेत्रमा रहेका महानगरका वडालाई व्यवस्थित गर्नु पहिलो आवश्यकता हो”– उहाँले भन्नुभयो, “दीर्घकालीन सोचका साथ बाटोघाटो निर्माण, खानेपानीका साथै व्यवस्थित पार्क यहाँका अपरिहार्य आवश्यकता हुन् ।”
समृद्ध नगरका रुपमा विकास गर्न बृहत्तर गुरुयोजनाका साथ अघि बढ्नु आवश्यक भएको चालिसे बताउनुहुन्छ । व्यावसायिक कृषिको पर्याप्त सम्भावना रहेका सुरौदी फाँटका साथै तरकारी तथा दूधको उत्पादनले व्यावसायिकतातर्फ प्रवेश गरेका अर्मला, बाटुले चौर, मौजा, भलाम बाघमाराजस्ता स्थानमा व्यावसायिक कृषिको विकास गर्नसकिने देखिन्छ ।
सुरौदी फाँट, पुडिटार, बाघमारा लगायतका क्षेत्रमा व्यावसायिक कृषिको प्रचुर सम्भावना रहेको नयाँ शक्ति पार्टीका तर्फबाट कास्की क्षेत्र नं २ को प्रदेश ९क० का उम्मेदवार हेमबहादुर थापा ९किरण०ले बताउनुभयो । “सुरौदी जलाधारको बृहत्तर गुरुयोजनाका साथ उपयोग गर्ने हो भने समग्र पोखरालाई नै आवश्यकपर्ने खाद्यान्न यहीबाट उत्पादन गर्न सक्ने देखिन्छ”– उहाँले भन्नुभयो, “कृषिको व्यावसायिक विकासका साथै महानगरस्तरीय भौतिक पूर्वाधारका विषय मतदाताले घरदैलोका क्रममा उठाएका छन् ।”
उम्मेदवारी दर्ता भएसँगै विकास निर्माणका मुद्दा लिएर उम्मेदवार गाउँ बस्तीमा आउनेक्रम निरन्तर चलिरहेको पोखरा १७ का मतदाता रमेश सुवेदीले बताउनुभयो । ग्रामीण भू–भागमा रहेका महानगरका वडाको तत्काल विकास आवश्यक रहेको बताउँदै उहाँले शहरी क्षेत्रमा पनि अव्यस्थित सडक, ढल तथा अन्य आवश्यक पूर्वाधारको अभाव आदि प्रमुख समस्याका रुपमा देखिएको उल्लेख गर्नुभयो । रासस
Comments
अरु समाचार
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...