झापा–५ मा एमाले अध्यक्ष ओली र कांग्रेसका अधिकारीबीच प्रतिस्पर्धा
भद्रपुर, १० मंसिर । संविधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ चर्चित छ । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ‘क’ मा १२ र ‘ख’ मा नौ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका तर्फबाट खगेन्द्र अधिकारी र प्रदेशसभामा ‘क’ बाट अनिलकुमार प्रसाईं र ‘ख’बाट राजनबहादुर ढुंगानाले उम्मेदवारी दिनुभएको छ ।
लखनपुनदेखि गौरादहको मार्ग उच्चस्तरको कालोपत्र हुनु, लखनपुरमा पूर्वाञ्चलस्तरीय आयुर्वेद अस्पताल निर्माणका लागि पूर्वाधार शुरु हुनु, दमकमा फन पार्क बन्ने तयारी हुनाका साथै खेलकुदका लागि ठूलो रंगशाला निर्माण हुने र कृषि कलेज र ग्रामीण हुलाकी मार्गसँग जोडिएको गौरीगञ्ज नमूना सहर बन्ने सरकारी निर्णयले यस क्षेत्रका जनता सन्तुष्ट छन् ।
शिक्षा, स्वास्थ्य, रोजगारीमा निकै पहुँच रहेको सो क्षेत्रमा सिँचाइको व्यवस्था भए कृषि उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन मद्दत पुग्ने साना किसान कृषि सहकारी संस्था महारानी झोडामा आबद्ध किसान बताउँछन् । स्थिर सरकारले मात्र मुलुकलाई समृद्ध बनाउने र सञ्चालित विकासका पूर्वाधार एवं योजनालाई कार्यान्वयनमा ल्याउन वाम गठबन्धनले बहुमत हासिल गर्नुपर्नेमा दमक निवासी होमबहादुर थापा जोड दिनुहुन्छ ।
दक्षिणी भेगका जनताले रतुवा, किस्ने, गौरिया, बनियानी, कन्काई, कमलाजस्ता नदीबाट वर्षेनी कटान र डुबानबाट त्राण पाउन चाहेको तथा हुलाकी मार्ग छिट्टै बनोस् भन्ने चाहना राखेकाले अब बन्ने सरकारले जनताको आवश्यकता र समस्या समाधानमा केन्द्रित भएर काम गर्नुपर्ने प्रस्ताव यहाँ आएका उम्मेदवारसँग राख्दै आएको साविक महाभरा गाविस अध्यक्ष एवं काँग्रेसका पूर्वमहासमिति सदस्य विजय अग्रवाल स्पष्ट पार्नुहुन्छ ।
एमाले अध्यक्ष ओलीले आफ्नो उम्मेदवारीपछि तीन पटक झापा आएर निर्वाचन क्षेत्र नं १ का वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार सुरेन्द्रकुमार कार्की र प्रदेशसभाका उम्मेदवार श्रीप्रसाद मैनाली खका गोपालचन्द्र बुढाथोकी, निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पवित्रा निरौला खरेल र प्रदेशसभा ‘क’ का एकराज कार्की र ‘ख’ का वृखबहादुर प्रधान, निर्वाचन क्षेत्र ३ मा प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र लिङ्देन तथा प्रदेशसभा ‘क’ का वसन्त बानियाँ र ‘ख’ का पूर्णसिंह राजवंशी, निर्वाचन क्षेन नं ४ का प्रतिनिधिसभा उम्मेदवार लालप्रसाद साँवा र प्रदेशसभा ‘क’ का झलकबहादुर मगर र खका हीराबहादुर थापा तथा निर्वाचन क्षेत्र नं ५मा आफ्नै लागि र प्रदेशसभाका ‘क’ का हिक्मतकुमार कार्की र ‘ख’ का अर्जुन राईका लागि आयोजित चुनावी सभालाई सम्बोधन गरिसक्नुभएको छ ।
वाम गठबन्धनका तर्फबाट झापामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीसहित अन्य नेताको चुनावी सभाले वामगठबन्धनका कार्यकर्ता एवं समर्थक निकै हौसिएका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट अहिलेसम्म नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबाहेक अन्य नेताको आवागमन भएको छैन । गौरीगञ्ज गाउँपालिका वडा नं ३–६, गौरादह नगरपालिका वडा नं १– ८, दमक नगरापालिका र कमल गाउँपालिका मिश्रित यस क्षेत्रमा कूल एक लाख ३७ हजार ५६५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
Comments
अरु समाचार
-
मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह
काठमाडौं । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित तीन वटा जिल्लाका स्थानीय तह जुटेका छन्...
-
मुगुमा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।...
-
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने...
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु...
-
‘लागूऔषध दुर्व्यसन’ विरुद्द सचेतनाका लागि वक्तृत्वकला प्रतियोगिता सम्पन्न
गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा "लागू औषध मुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका" विषयक नगर...
-
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय...
-
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
काठमाडौं । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको...
-
धरानमा सांस्कृतिक महोत्सव हुँदै
काठमाडौं । धरानमा आइतबारदेखि सङ्गीत जात्रा सांस्कृति महोत्सव हुने भएको छ । गीतसङ्गीत र मनोरञ्जन धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन...