ताजा समाचार

सिराहमा अज्ञात समूहको गोली प्रहारबाट दुई प्रहरी गम्भीर घाइते

सिराहा, १० मंसिर । सिराहामा अज्ञात समूहको गोली प्रहारबाट दुई जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो अज्ञात समूहले चलाएको गोली लागेर जीतना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय, सिराहले जनाएको छ ।

गोली कसले र किन चलाएको भन्ने खुलेको छैन । मागेरामको पेटमा र आदर्शको कोखमा गोली लागेको प्रहरीले जनाएको छ । सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ ।

घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला, धरान लगिएको छ । सिराहामा यसअघि दुई स्थानमा बम विस्फोट भएका थिए । विस्फोटको कसैले जिम्मा नलिएपनि तराईमा भूमिगत समूह जयकृष्ण गोइत समूहको पर्चाहरु भेटिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org