ताजा समाचार

कृषि, पर्यटन र संस्कृतिको विकासमा लागिपर्ने नेता केसीको प्रतिबद्धता

 

काठमाडौँ, १० मंसिर । युवा तथा खेलकुदमन्त्री एवं नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसीले काँग्रेसले अवलम्बन गरेको आर्थिक समृद्धिको अभियानले मात्र मुलुकको विकास सम्भव रहेको बताउनुभएको छ । काँग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभामा सदस्यमा प्रत्यक्ष उम्मेदवार केसीले आफ्नो क्षेत्रमा कृषिमा आधुनिकीकरण गरी वैदेशिक रोजगारीमा जाने युवालाई समावेश गराउँदै आर्थिक समृद्धिको योजना ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चुनावी घरदैलोको क्रममा दक्षिणकाली नगरपालिका– ९ मा उहाँले कृषि, पर्यटन र सांस्कृतिक रुपमा आफ्नो क्षेत्र धनी भएकाले त्यसको विकास र विस्तारमा लागिपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको हरेक राजनीतिक परिवर्तन गर्न काँग्रेसले भूमिका खेलेजस्तै देशको समृद्धिका लागि पनि काँगे्रसले नै नेतृत्व गर्नुपर्छ । ’’स्थानीय मतदाताले बाटो व्यवस्थित गर्नुपर्ने, रोजगारीको अवसर दिनुपर्ने माग उहाँसँग गरेका थिए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org