ताजा समाचार

धादिङमा भिरबाट मोटरसाइकल खस्दा २ जनाको मृत्यु

धादिङ, ११ मंसिर । धादिङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।

सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा७९प ७२७ नम्बरको मोटरसाइकल भिरबाट खसेर दुर्घटना हुँदा जीतेन्द्र अधिकारी र भुवन पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org