ताजा समाचार

जाजरकोट र रुकुममा मतपेटिका ल्याउँदै गर्दा बम विष्फोट, छर्रा लागेर १ जना घाइते

जाजरकोट, ११ मंसिर । जाजरकोटमा मतपेटिका ल्याउँदै गर्दा बम विष्फोट भएको छ । सोमबार बिहान कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा बम विष्फोट भएको हो ।

बम विष्फोट हुँदा छर्रा लागेर शान्तबहादुर बस्नेत सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय, जाँजरकोटले जनाएको छ । मतपेटिकामा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै रुकुममा पनि मतपेटिका बोकेको टोलीलाई लक्षित गरि बम प्रहार भएको छ । आइतबार बेलुकी ९ः५० बजे चौरजहारी नगरपालिका-६, को घर्तीकाँडामा बम प्रहार भएको हो । उक्त टोलीले चौरजहारी नगरपालिकाका ६,१०,११,१२,१३ र १४ नम्वर वडाका मतपेटिका बोकेको थियो ।

बम बाटो भन्दा केही माथी परेको थियो । बमले मतपेटिका र उक्त टोलीमा कुनै क्षति पुर्‍याएको छैन । बम प्रहारपछि उक्त मतपेटिकाहरु गए राती नै इलाका प्रहरी कार्यालय चौरजहारीमा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org