ताजा समाचार

देउवाको ठोकुवा, ‘एमाले-माओवादीले जिते नेपालमा कहिल्यै चुनाव हुँदैन्’

तेह्रथुम, ११ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले बहुमत ल्याए कहिल्यै चुनाव नहुने दाबी गरेका छन् । आसन्न प्रदेश र प्रतिनिधि सभा चुनावमा जनताले कम्युनिष्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने दाबी गरेका हुन् ।

यो चुनाव ‘संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन भन्ने जनमत संग्रह’ नै भएको भन्दै प्रधानमन्त्री देउवाले कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताए ।

सोमबार तेह्रथुमको म्याङलुङ्गमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार राख्छन्, तर कम्युनिष्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्र रुपमा हिँडडुल समेत गर्न पाउदैनन्, ।’

वाम–गठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिष्ट शासन लागु गर्ने योजनामा रहेका प्रधानमन्त्री देउवाको तर्क छ । ‘नेपाली कांग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन’, प्रधानमन्त्री देउवाले भने, ‘नेपाली कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ , त्यसैले यो चुनाव जित्न आवश्यक छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org