ताजा समाचार

उम्मेदवारद्वारा सुरक्षाको माग

भक्तपुर, ११ मंसिर । आगामी मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारको घरलाई लक्षित गरी बम विस्फोट गराएपछि उनीहरुले सुरक्षाको माग गरेका छन् । क्षेत्र नं १ को प्रदेश क मा नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री र क्षेत्र नं २ को प्रदेश ख मा काँग्रेसकै उम्मेदवार गणेशमान चक्रधरको घरलाई लक्षित गरी शनिबार साँझ प्रेसर कुकर बम विस्फोट गरिएपछि उनीहरुले सुरक्षाको माग गरेका हुन् ।

बम विस्फोटको घटनाले परिवारका सदस्यहरुलाई आतंकित बनाएको प्रदेशसभा खका काँग्रेस उम्मेदवार अनिल भूजुले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई भेटेर सुरक्षाको माग गर्दै प्रत्येक दिन राति उम्मेदवारको घर तथा टोलमा प्रहरी गस्ती गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । विशेषगरी काँग्रेसका उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाली काँग्रेस चाँगुनारायण नगरसमितिका संयोजक यादवप्रसाद अधिकारीले बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org