ताजा समाचार

देउवालाई हराउन डडेल्धुरामा जनमोर्चाद्धारा खगराज भट्टलाई समर्थन

डडेल्धुरा, ११ मंसिर । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउन राष्ट्रिय जनमोर्चाले वाम गठबन्धनलाई सघाउने भएको छ । जनमोर्चाले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई सघाउने भएको हो ।

आज पत्रकार सम्मेलन गर्दै डडेल्धुरा जनमोर्चाका प्रतिनिधिसभा उम्मेदवार तथा सुदूरपश्चिम ईन्चार्ज लालबहादुर जाग्रीले पार्टीको केन्द्रीय समितिको निर्णय र निर्देशन अनुसार आफूले वाम गठबन्धनका उम्मेदवार भट्टलाई सहयोग गर्ने बताए ।

देशलाई विखण्डनको दिशा तिर लैजान खोज्दै गरेका लोकतान्त्रिक गठबन्धनको प्रमुख देउवालाई हाराउनुपर्ने भएकाले जानमोर्चाले वाम गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले जानकारी दिए । राष्ट्रिय जनमोर्चाका उम्मेदवार जाग्रीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा ६७९ मत ल्याएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org