ताजा समाचार

तारा एयरको विमान हुम्लाको सिमकोटमा दुर्घटना, पाइलटसहित १६ जना घाइते

काठमाडौं, १२ मंसिर । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ । मंगलबार बिहान उडान भर्ने क्रममा तारा एयरको ९एन-एबीएम कलसाइन भएको ट्वीनअटर विमान दुर्घटना हुँदा चालक दलका सदस्य सहित १६ जना घाइते भएका छन् । हुम्ला विमानस्थलबाट सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको जहाजको पाङ्ग्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको थियो । जहाजको नोज कुच्चिएको छ ।

विमानमा सवार दुई प्रहरीसहित क्याप्टेन बसन्त लामा, को-पाइलट अनुप गुरुङ र एयरहोस्टेस श्रेया श्रेष्ठ घाइते छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । अन्य ११ यात्री भने सामान्य घाइते छन्। उनीहरुको हुम्लाको सिमकोट अस्पतालमा उपचार भइरहेको छ । तीन जना घाइतेलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

तीन जना चुनाव सकेर फर्किदै गरेका प्रहरी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । जहाजमा चुनावमा सुरक्षाका लगाि गएका १३ जनपद प्रहरी सवार थिए । उनीहरु चुनाव सकिएपछि सुर्खेत ओर्लँदै थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org