ताजा समाचार

मोरङमा लालबाबु पण्डितलाई लक्षित बम विस्फोट, पण्डित १० मिटर पर रहेकाले बचे

मोरङ, १२ मंसिर । मोरङमा एमाले नेता तथा वाम गठबन्धनका उम्मेदवा लालबाबु पण्डितलाई लक्षित गरी बम बिष्फोट भएको छ । बुढीगंगा गाउँपालिका–५ मा मंगलबार बिहान ९ बजेतिर नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्मेदवार पण्डित चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको हो ।

विराटनगरबाट बुढीगंगाका घरदैलो गर्न जाने क्रममा बम प्रहार भएको नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले जानकारी दिए । पण्डित चढेको गाडी भन्दा झण्डै १० मिटर अगाडि बम विस्फोट भएकाले मानवीय क्षति नभएको पण्डितका स्वकीय सचिव ओसिम आलमको भनाई छ ।

प्रहरीले भने यो घटना सामान्य भएको बताएको छ । उम्मेदवारलाई तर्साउने गरी सुतली बम पड्काइएको मोरङका प्रहरी उपरीक्षक अरुण बिसीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org