ताजा समाचार

मृतकको परिवारलाई १० लाख राहत

अछाम, १२ मंसिर । चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई जिल्ला वन कार्यालयले रु १० लाख राहत प्रदान गरेको छ । चितुवाको आक्रमणबाट मृत्यु भएका मेल्लेख गाउँपालिका– ८ का १५ वर्षीय पवन भुलको परिवारलाई सो रकम प्रदान गरिएको हो ।

राति घरमा सुतिरहेको अवस्थामा भुललाई चितुवाले आक्रमण गरेको थियो । उनको मृत्यु भएपछि जिल्ला वन कार्यालयले सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय धनगढी कैलालीमा राहतका लागि सिफारिस गरेको थियो । उक्त सिफारिसअनुसार क्षेत्रीय वन निर्देशनालयले जिल्ला वन कार्यालयलाई सो राहत रकम उपलब्ध गराउन निर्देशन दिएको थियो । मृतक पवनका बुबा गोपाल भुललाई राहत रकम हस्तान्तरण गरिएको जिल्ला वन अधिकृत सुरेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org