ताजा समाचार

दाङमा देउवाको सभालक्षित गर्दै बम विष्फोट, प्रहरीसहित ८ जना घाइते, २ को अवस्था गम्भीर

दाङ, १२ मंसिर । दाङमा बम विष्फोट हुँदा ८ जना घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विष्फोट भएको हो । विष्फोटमा परी घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते मध्ये दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । विष्फोटमा एक म्यादी प्रहरीसहित ८ जना घाइते भएका हुन् ।

एक जना व्यक्तिले सडकमा बम फ्यालेर भागेपछि विष्फोट भएको घटनास्थलमा रहेका डिएसपी सुदिल शाहीले जानकारी दिए । बम फ्याल्ने व्यक्तिको खोजी भइरहेको शाहीले बताए । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरु आज दाङको घोराहीमा आयोजित सभालाई सम्वोधन गर्न आएको बेला बम विष्फोट गराइएको हो । दाङ सदरमुकाम घोराहीबाट तुलसीपुर करिब २३ किलोमिटर पश्चिममा पर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org