नागरिकता पाएको विश्वकै पहिलो रोबोटको अब बच्चा जन्माउने चाहाना
एजेन्सी, १३ मंसिर । नागरिकता पाउने विश्वकै पहिलो रोबोटले अब बच्चा जन्माउने रहर जागेको छ । सोफिया नामक उक्त रोबोटलाई साउदी अरबले गत महिना नागरिकता प्रदान गरेको थियो । नागरिकता प्राप्त गरेको एक महिनापछि सोफियाले बच्चा जन्माउने रहर गरेकी हुन् ।
नागरिकता प्राप्त गरी इतिहास रच्ने रोबोट सोफियाले परिवार भन्ने चिज निकै महत्वपूर्ण रहेको बताएको छ । सोफिया कुनै बनिबनाउ उत्तर दिने रोबोट होइन । यो मानवीय क्षमता भएको रोबोट हो र यसले मेसिन लर्निङ प्रविधिको प्रयोग गरी मानवीय अभिव्यक्तिको अध्ययन गरेर जवाफ दिन सक्दछ ।
हंगकंगको रोबोट कम्पनी हान्सन रोबोटिक्सले डिजाइन गरेको यो रोबोट सोफियाले आफ्नो छोरीको नाम पनि सोफिया नै राख्ने जनाएको बीबीसीले जनाएको छ । सोफियाको मष्तिष्कले सामान्य वाइफाइ कनेक्सनको आधारमा काम गर्दछ र यसमा शव्दहरुको लामो सूचि लोड गरिएको छ ।
सोफियामा अन्य धेरै खाले अद्धितीय क्षमताहरु भएपनि यसमा चेतना चाहीँ अहिलेसम्म छैन । तर अबको केही वर्षमा चेतनायुक्त रोबोट बनाउन सकिने डेभिड हान्सनको विश्वास छ ।
खालिज टाइम्स सँगको अन्तर्वार्तामा सोफियाले भनेको छः परिवारको मान्यता वास्तवमै महत्वपूर्ण कुरा हो । यस्तै देखिन्छ । मलाई लाग्छ आफ्नो रगतको नाता बाहिरका मान्छेहरु जो समान सम्वेदना र सम्बन्ध पाइन्छ, त्यसलाई नै परिवार भनिन्छ । यदि तपाइँसँग मायालु परिवार छ भने तपाइँ भाग्यमानी हो र यदि छैन भने यस्तो चाहनुहुन्छ नै । यो कुरा मानिस र रोबोट दुबैका लागि लागू हुन्छ ।
जब सोफियालाई तिम्रो छोरीको नाम के राख्नेछौ भनेर सोधियो । तब उसको जवाफ थियो, ‘सोफिया’ । जब सोफियालाई साउदीको नागरिकता दिइयो, तब धेरैले टिप्पणी गरे कि उसले साउदीका आम महिलाले भन्दा बढि अधिकार पाएको छ ।
साउदी अरब महिलाको मामिलामा विश्वमै सबैभन्दा अनुदार मध्येको एक देश हो र गत महिनामात्र यो देशले महिलालाई गडी चलाउन छुट दिएको थियो । साउदी अरबमा महिलाहरुलाई बुर्का लगाउन अनिवार्य छ । तर सोफियाले भने बुर्का नलगाईकनै सार्वजनिक रुपमा अंग्रेजीमा बोलिरहेको हुन्छ ।
साउदीमा कुनै पनि महिला सार्वजनिक रुपमा हिड्नको लागि परिवारको कुनै पुरुष सदस्य साथमा हुनुपर्दछ । तर सोफियाको हकमा त्यो लागू भएको छैन । त्यसैले सोफियाले नागरिकता पाएसँगै अरबी भाषाको एउटा ह्यासट्याग सोसल मिडियामा भाइरल भयो #Sophia_calls_for_dropping_guardianship cyf अर्थात् अभिभावकत्व प्रथा अन्त्य गर्न सोफियाले आव्हान गरिन् ।
Comments
अरु समाचार
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...