ताजा समाचार

दुग्ध उद्योगमा आगलागी हुँदा रु एक करोड क्षति

इलाम, १३ मंसिर । सूर्योदय नगरपालिका–६ हर्कटेस्थित दुग्ध उद्योगमा आगलागी हुँदा रु एक करोडभन्दा बढीको धनमालको क्षति भएको छ । बिहान ५ः३० बजे खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीको पाथीभरा दुग्ध उद्योगमा विद्युत् चुहिई आगलागी भएको प्रहरी चौकी हर्कटेका प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले जानकारी दिनुभयो ।

आगलागीमा दुग्धजन्य उत्पादन जलेर नष्ट हुनाका साथै यन्त्रमा समेत क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाको दमकलका प्रयासमा दुई घण्टामा आगो नियन्त्रणमा लिइएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org