रोल्पामा बुथ कब्जा गर्न नदिएको भन्दै कांग्रेस प्रतिनिधिमाथि माओवादीको आक्रमण
रोल्पा, १३ मंसिर । चुनावमा बुथ कब्जा गर्न नदिएको भन्दै माओवादीका कार्यकर्ताले कांग्रेसका प्रतिनिधिमाथि आक्रमण गरेका छन् । नेपाल विद्यार्थी संघ रोल्पाका सदस्य सुवर्णावती गाउँपालिका –६, गजुलका विष्णु केसीलाई माओवादीका कार्यकर्ताले घरमै गएर साङ्घातिक आक्रमण गरेको कांग्रेसको आरोप छ ।
माओवादीले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका केसीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ । उनको अझै होस् नखुलेको परिवारको भनाई छ ।
कांग्रेसको प्रतिनिधि बसेकै कारण आक्रमण हत्या गर्न खोजिनु दुखद भएको नेविसंघका पूर्वमहामन्त्री तथा रोल्पाका प्रदेशसभाका समानुपातिक उम्मेदवार मनोजमणि आचार्यले जानकारी दिए । घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल विद्यार्थी संघ रोल्पाले माग गरेको छ ।
Comments
अरु समाचार
-
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने...
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु...
-
‘लागूऔषध दुर्व्यसन’ विरुद्द सचेतनाका लागि वक्तृत्वकला प्रतियोगिता सम्पन्न
गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा "लागू औषध मुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका" विषयक नगर...
-
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय...
-
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
काठमाडौं । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको...
-
धरानमा सांस्कृतिक महोत्सव हुँदै
काठमाडौं । धरानमा आइतबारदेखि सङ्गीत जात्रा सांस्कृति महोत्सव हुने भएको छ । गीतसङ्गीत र मनोरञ्जन धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन...
-
सुदूरपश्चिम प्रदेशका मन्त्रीले गरे ६५ वर्षको उमेरमा विवाह
काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा ६५ वर्षको उमेरमा दुलहा बनेका छन्। शुक्रबार उनले कञ्चनपुरकी भावना विष्टसँग विवाह...
-
‘प्रहरीलाई आधुनिक र प्रविधियुक्त तालिम आवश्यक’
काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेरचन्द्र खापुङले प्रहरीलाई परम्परागत भन्दा आधुनिक र प्रविधियुक्त तालिमको आवश्यकता रहेको बताएका छन्...