ताजा समाचार

उदयपुर एम्बुस विस्फोटका घाइतेलाई काठमाडौं ल्याईयो

काठमाडौं, १३ मंसिर । एम्बुस विस्फोटमा घाइते भएका उदयपुरका उम्मेदवार नारायणबहादुर कार्की र नेविसंघ नेतृ मिरा कट्वाललाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ। उनीहरू दुबैको आइसीयुमा उपचार भइरहेको छ।

कार्कीको हात तथा आँखामा गहिरो चोट लागेको छ भने कट्वालको खुट्टा क्षतविक्षत छ। अज्ञात समूहको एम्बुसमा परी गम्भीर घाइते भएका कार्की उदयपुर २ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार हुन्। कट्वाल उदयश्री बहुमुखी क्याम्पस कटारीका नेविसंघ सभापति हुन्।

विस्फोटमा घाइते उदयपुरगढी गाउँपालिका ८ की धनमाया धौलाकोटी, चालक कटारी नगरपालिका ७ रिस्कुका ३६ वर्षीय राजन कार्की, प्रहरी जवान कालिदास श्रेष्ठको उदयपुरगढी गाउँपालिका ६ नेपालटारस्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मेघराज अधिकारीले जानकारी दिए। उनीहरूलाई पनि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भईरहेको छ ।

उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा २ कांग्रेसका उम्मेदवार कार्कीलाई लक्षित गरी सोही वडाको दनुवारबेसीमा थापिएको एम्बुस विस्फोट भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org