ताजा समाचार

त्रिशूलीमा खसेको बस २५ फिट गहिराइमा फेला, मर्नेको संख्या ८ पुग्यो

चितवन, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको नमस्ते अर्घाखाँचीको त्रिशुलीमा खसेको लु२ख २९१ नम्बरको बसलाई सशस्त्र प्रहरीको गोताखोरले २५ फिट गहिराईमा फेला पारेका छन्।

सशस्त्रको विपत व्यवस्थापन टोलीका गोताखोरले चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट खसेको बसलाई फेला पारिएको हो । काठमाडौंबाट २८ जना यात्रुको चलानी लिएर हिँडेको बसमा त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

८ जना मृतक मध्ये २ जनाको मात्रै सनाखत भएको छ। मृत्यु हुनेमा देवदह-१०, गोदाहका दीपक पाण्डे र पवन महत रहेका छन्। उक्त दुर्घटनामा घाइते भएकाको समयमै उद्धार गरी उपचार नहुँदा थप एक जनाको मृत्यु भएको हो ।

उद्धार गरिएका मध्ये ३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने १३ जनालाई भरतपुर लगिएको छ । यस्तै थप ५ जना घाइतेलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारका लागि लगिएको छ। गलत दिशाबाट आएको बा६ख ४९७२ को ट्रकसँग ठोक्किएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org