ताजा समाचार

हाँडीगाउँ विशालनगरलाई पर्यटकीय क्षेत्र बनाइने ईश्वर पोखरेको प्रतिबद्धता

काठमाडौँ, १३ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले लिच्छविकालीन महत्वको हाँडीगाउँ–विशालनगर क्षेत्रको पर्यटकीय विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार पोखरेलले आज हाँडीगाउँ र भाटभटेनीको घरदैलो कार्यक्रममा उहाँले लिच्छवीकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष

जोड दिइने तथा टोखालाई ऐतिहासिक र साँस्कृतिक नगरीका रूपमा विकास गरिने बताउनुभयो । भग्नावशेषमा परिणतमा भएको पञ्चधाराको पुनःनिर्माण गरिने पनि उहाँले बताउनुभयो । घरदैलोमा प्रदेशसभा क का उम्मेदवार नारायण सिलवाललगायत सहभागी हुनुहुन्थ्यो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org