ताजा समाचार

भारतमा किशोरी बलात्कार गरी हत्या गर्ने तीनजनालाई मृत्युदण्डको सजाय

एजेन्सी, १३ मंसिर । भारतमा किशोरी बलात्कार र हत्या गरेको अभियोगमा तीनजनालाई मृत्युदण्डको सजाय सुनाईएको छ । महाराष्ट्रको अहमदनगर जिल्ला अदालतले १५ वर्षीया किशोरीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा तीनजनालाई मृत्युदन्डको सजाय सुनाएको हो ।

२० वर्षका ती तीनजनाले गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । अदालतले नोभेम्बर १८ मा उनीहरुलाई दोषी ठहर गरेको थियो । पीडित किशोरी महाराष्ट्रको कथित उपल्लो जातकी र दोषीहरु कथित तल्लो जातका छन् । उनीहरु सबै स्थानीय कोपार्दी गाउँका बासिन्दा हुन् ।

घटनालगत्तै महाराष्ट्रमा लाखौं व्यक्ति मौनविरोध प्रदर्शनमा उत्रिएका थिए । यो घटनालाई दिल्लीमा सन् २०१२ को नृशंस सामूहिक बलात्कारकान्डसँगसमेत तुलना गरिएको छ । भारतमा पछिल्लो समय महिलाविरुद्धको अपराधका घटना निकै बढेका छन् । प्रत्येक वर्ष हजारौं बलात्कारका घटना प्रहरीमा उजुरी पर्ने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org