ताजा समाचार

जेलभित्रैबाट चुनाव लडिरहेका टीकापुर घटनाका आरोपी थाारु भन्छन्, ‘मेरो प्रतिस्पर्धा आरजुसँग मात्र’

कैलाली, १४ मंसिर । टीकापुर घटनाका मुख्य आरोपित कैलाली–५ का प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मण थारुले आफ्नो प्रतिस्पर्धा केवल नेपाली काँग्रेसकी नेत्री डा. आरजु राणा देउवासँग मात्र भएको दावी गरेका छन्। राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य समेत रहेका थारु टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा छन्।

कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार थारुले मंगलबार कैलाली कारागारभित्र पत्रकारसँग कुराकानी गर्दै वाम गठबन्धनका नारदमुनि रानाप्रति एमाले पार्टीभित्रै असन्तुष्टि रहेको र विवेकशील साझा पार्टी नयाँ भएकाले आफ्नो प्रतिस्पर्धा केवल नेपाली काँग्रेसका उम्मेदवारसँग मात्र भएको दावी गरे। कारागारभित्र बसेर चुनाव लड्नु परेपनि आफ्नो जित सुनिश्चित भएको समेत दाबी गरे।

थारु आन्दोलनले उठाएका मुद्दाका विषयमा विगत लामो समयदेखि आफू रगत पसिना बगाएर लडिरहेको र निर्वाचनका दौरान जनतालाई झुठो आश्वासन नबाँडेकाले निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गरे। ‘जनताको घरदैलोमा पुगेर चुनावी प्रचारप्रसार गर्न नपाएकामा दुखी छु’ थारुले भने, तर सयौं शुभेच्छुक, स्वयंसेवक साथीहरु मेरो प्रचारप्रसारमा अहोरात्र लागिपर्नु भएको छ। यसले गर्दा धेरै खुसीपनि छु।’

थारुले भने, ‘बिहान ९ देखि ४ बजेसम्म फोनमार्फत आफैले प्रचारप्रसार गरिरहेको र महिला, भलमन्सा, उद्योगी लगायतका करिब २६ वटा टोलीले विभिन्न कार्यक्रममार्फत् प्रचारप्रसार गरिरहेका छन्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org