ताजा समाचार

श्रीमानले ठट्टामा ‘फोटो शेयर गरिदिन्छु’ भनेपछि श्रीमतीले गरिन् आत्महत्या

एजेन्सी, १४ मंसिर । यतिबेला फोटोहरु सेयर तथा पोष्ट गर्न सामाजिक सञ्जाल गतिलो माध्यम बनिरहेको छ । त्यही सामाजिक सञ्जाल कहिले काही समस्याको जड पनि बनिरहेको छ । यस्तैमा भारतको उज्जैनमा सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ श्रीमतीको मृत्युको कारण बनेको छ । श्रीमानले ‘ह्वाट्सएप’ मा एउटा तस्वीर सार्वजनिक गरिदिन्छु भनेर ठट्टा गरेलगत्तै श्रीमतीले आत्महत्या गरेकी छन् ।

उज्जैनमा चर्म रोग विशेषज्ञ डा. नलिन पाटनीले पत्नीसँग ठट्टा गर्दै तस्वीर सार्वजनिक गर्ने बताएका थिए । भारतीय संचारमाध्यमका अनुसार उनकी पत्नीको अघिल्लो दाँतमा समस्या आएपछि मंगलबार दुवैजना एक दन्त क्लिनकमा पुगेका थिए । चिकित्सकले दाँत नै फुकाल्नुपर्ने सुझाव दिएपछि उनीहरु केही दिनमा दाँत फुकाल्ने निष्कर्षका साथ त्यहाँबाट फर्किएका थिए ।

घरमा पुगेपछि डा. नलिनले आफ्नी पत्नीलाई ठट्टा गर्दै ‘तिम्रो दाँत फुकालेपछि म एउटा तस्वीर लिएर ह्वाट्सएपमा सार्वजनिक गर्छु’ भनेका थिए । लगत्तै पत्नी आफ्नो कोठाभित्र गएको र केहीबेरमा बाहिर आएर आफूले विष सेवन गरेकी थिईन् ।

बुधबार शव परीक्षण गरिएको थियो । सो क्रममा अस्पतालमा डा. नलिन पनि थिए । उनले आफन्तहरुलाई घटनाबारे बताउँदै भने, ‘मैले गरेको ठट्टालाई उनले यति नराम्रो मान्छिन् र आत्महत्या नै गर्छिन् भन्ने थाहा पाएको भए यस्तो ठट्टा गर्ने नै थिइनँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org