ताजा समाचार

धुलोमुक्त बनाउने भन्दै काठमाडौंका सडकमा ब्रुमर चलाइयो

काठमाडौं, १४ मंसिर । धुलोमुक्त बनाउने भन्दै काठमाडौंको सडकमा ब्रुमरको प्रयोग सुरु भएको छ । काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रण गर्न ब्रुमर प्रयोगमा ल्याएका हुन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।

सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरिएको छ । १ डम्फर (करिव ५०० किलोग्राम) मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।

धुलोमुक्त सडकको परिणाम निकाल्न विद्यमान पूर्वाधार नै समस्या देखिएको महानगरपालिकाको ठहर छ । पूर्वाधारजन्य समस्याको समाधानका लागि सडक विभागसँग छलफल गरेर समाधान निकाल्ने महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक भने खुशी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org