ताजा समाचार

अमेरिकारले भन्यो, ‘उत्तर कोरियासँग सबै मुलुकले सम्बन्ध विच्छेद गर्नुपर्छ’

एजेन्सी, १४ मंसिर । अमेरिकाले उत्तर कोरियासँग कूटनीतिक र व्यापारिक सम्बन्ध विच्छेद गर्न सबै मुलुकसँग आग्रह गरेको छ । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्‌मा बोल्दै अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियाको कदमले उक्त क्षेत्रलाई थप अस्थिर बनाएको भन्दै सबै मुलुकले सम्बन्ध बिच्छेद गर्नुपर्ने तर्क गरेकी हुन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ समकक्षीलाई प्योङयाङलाई तेल पठाउन बन्द गर्न आग्रह गरेको जानकारी पनि उनले दिए । अमेरिकाले द्वन्द्व नचाहेको भन्दै उनले यदि युद्ध भए उत्तर कोरिया नराम्ररी ध्वस्त हुने चेतावनी उनले दिए ।

दुई महिनापछि प्योङयाङले अमेरिकाको जुनसुकै स्थानमा मार हान्नसक्ने क्षमताको क्षेप्यास्त्र परिक्षण गरेको दावीपछि अमेरिकाले फेरि चेतावनी दिएको हो । उत्तर कोरियाले बुधबार परीक्षण गरेको क्षेप्यास्त्र चार हजार ४७५ किलोमिटर उचाइमा पुगेको दावी गरिएको छ ।

यो इन्टरन्याशनल स्पेस स्टेशनभन्दा दश गुणामाथि हो र त्यसको टुप्पो पृथ्वीको वायुमण्डलमा फेरि प्रवेश गर्न सक्ने क्षमताको मानिएको छ । उत्तर कोरियाली नेता किम जङ उनले क्षेप्यास्त्र परीक्षणलाई त्रुटिरहित र ठूलो उपलब्धि दावी गरेका बेला विज्ञहरुले उत्तर कोरियासँग त्यस्तो प्राविधिक दक्षता रहेकामा शंका व्यक्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org