ताजा समाचार

झण्डा र तोरण हटाइयो

धुलिखेल, १४ मंसिर । दलहरुले आचारसंहिता विपरीत जिल्लाका विभिन्न सार्वजनिकस्थलमा राखेका निर्वाचन प्रचार सामग्री निर्वाचन अनुगमन समिति काभ्रेपलाञ्चोकले हटाउन शुरु गरेको छ । समितिले जिल्ला प्रशासन, जिल्ला निर्वाचन र सुरक्षा निकायको संयुक्त पहलमा सो सामग्री हटाउन शुरु गरेको हो ।

जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिले दलका प्रमुख एवं प्रतिनिधिलाई बोलाएर छलफलमार्फत बारम्बार ती सामग्री हटाउन आग्रह गरे पनि राजनीतिक दलले कुनै चासो नदिएपछि सामग्री हटाउन थालिएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले बताउनुभयो ।

“आचारसंहिता विपरीतका सामग्री हटाउन आग्रह ग¥यौँ, तर उहाँहरुले चासो नै दिनुभएन ।” उहाँले भन्नुभयो । विभिन्न चोक तथा सडकबीच भागमा रहेको सालिक र डिभाइडर तथा सडक छेउका खम्बामा राखिएको झण्डा, तोरण र पोस्टर हटाइएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org