ताजा समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरी इभानाले मोदीसँग भेट्दा लगाईन् दुई लाखको ड्रेस

काठमाडौं, १४ मंसिर । यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाना ट्रम्प भारत भ्रमणमा छिन् । ग्लोबल इन्टरपेरन्सिप समिटमा सहभागी हुन इभाना भारत आएकी हुन् । भारत भ्रमणमा रहेका बेला उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् ।

उनको भ्रमणलाई भारतले निकै चासो र सम्मान दिएको छ । भारत भ्रमणमा आउनुपुर्व दिल्लीमा रहेका माग्नेहरुलाई हटाईएको थियो । त्यस्तै इभानालाई बस्न, खानको लागि ताज होटलको व्यवस्था गरिएको थियो । उनलाई खानाको लागि समेत सुनको थाल प्रयोग गरिएको छ ।

प्रधानमन्त्री मोदीसँग भेट गर्ने क्रममा उनले लगाएको कपडाको समेत निकै तारिफ भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार इभानाले लगाएको ग्रीन कलरको फ्लोरल ड्रेसको मुल्य दुई लाख २८ हजार रुपैयाँ पर्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org