ताजा समाचार

जापानी सम्राटले ३० अप्रिल २०१९ मा गद्दी त्याग्ने, राजकुमार नारुले गद्दी सम्हाल्ने

काठमाडौं, १५ मंसिर । जापानी सम्राट आकिहितोले सन् २०१९ को अप्रिलमा राजगद्दी त्याग्ने भएका छन् । सरकार र शाही परिवारबीचको छलफलपछि प्रधानमन्त्री सिन्जो अबेले यो मितिमा राजगद्दी त्याग्ने घोषणा गरेका हुन् ।

८३ वर्षीय जापानी सम्राटले गत वर्ष उमेर र स्वास्थ्यका कारण जिम्मेवारी पूरा गर्न कठिन भएको बताएका थिए । गद्दी त्यागबारे शुक्रबार छलफल भएको थियो । लगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री अबेले ३० अप्रिल २०१९ मा सम्राटले गद्दी त्याग्ने बताए । त्यसपछि राजकुमार नारु हितोले गद्दी सम्हाल्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org