ताजा समाचार

नेपालमा बम बिस्फोट गराउने भारतीय नागरिक, विस्फोटक पदार्थसहित २ भारतीय पक्राउ

धादिङ, १५ मंसिर । विष्फोटक पदार्थसहित २ भारतीय नागरिक पक्राउ परेका छन् । काँकडभिट्टाबाट काठमाडौं आइरहेको ना७ख ४९७६ नम्बरको बसबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको खानीखोला प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा उक्त बस खानतलासी गर्दा उनीहरुलाई विस्फोटक समाग्री सहित आवश्यक उपकरणपनि बरामद गरेको हो । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रहरीले ती भारतीय नागरिकको नाम भने गोप्य राखिएको धादिङ जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले जानकारी दिए ।

खानीखोलाका असइ दीपेन्द्र भट्टको कमाण्डमा रहेको प्रहरीले बसबाट भारतीय नागरिकलाई विस्फोटक सामाग्री बनाउन चाहिने कच्चा पदार्थ र उपकरणसहित पक्राउ गरिएको एसपी राउतले जानकारी दिए । पक्राउ परेका भारतीयसँग थप अनुसन्धान भइरहेको राउतले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org