ताजा समाचार

ललितपुर विकासका लागि सुशिला पुन

ललितपुर, १५ मंसिर । लाल कुमारी पुन ‘सुशिला’ एक देशभक्त लगनशील, क्रान्तिकारी, प्रखर वक्ता तथा कुशल नेता हुनुन्छ । उहाँ रोल्पा जिल्लाको माडीचौर जस्तो विकट ठाउँमा वि.सं.२०३५ सालमा जन्मनुभएको हो । उहाँले आफ्नो राजनीति यात्रा वि.सं. २०४८ सालमा गा.वि.स. स्तरिय कमिटीमा तत्कालीन ने.क.पा.(एकताकेन्द्र) मा आवद्धताबाट थालनी गर्नुभयो ।

स्नातक सम्मको अध्ययन गर्नुभएका पुन २०५६ सालमा ने.क.पा. (माओवादी ) को पूर्णकालीन सदस्य बन्नुभयो । २०५७ सालमा पार्टीको इलाका सदस्य, २०५८ सालमा जनमुक्ति सेना नेपाल मध्यपश्चिमाञ्चल ब्युरो कार्यालयको प्रकाशन बिभागको सदस्य, २०५९ सालमा पि.एल.ए. को प्लाटुन कमाण्डर भएर काम गर्नुभयो । देशका विभिन्न जिल्लाका युद्धमोर्चाहरुमा (गाम, अछाम, अर्घाखाँची, पिली, खलंगा, दाङ, भालुवाङलगायत मोर्चाहरु) प्रत्यक्ष सहभागीतामा राजनीतिक यात्राको क्रममा फौजी जीवन बिताउनुभयो ।

२०६४ सालबाट निरन्तर ललितपुर जिल्लालाई राजनीतिक कर्मथलो बनाई क्रियाशिल रहनुभएको छ । ललितपुर जिल्लाको पार्टी कोषाध्यक्ष र पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्यको भूमिका निर्वाह गर्दै निरन्तर जनताको सेवा गर्दै आउनुभएको छ ।

जनताको मन मस्तिष्कमा रहन सफल जनताको छोरी २०७४ साल मंसीर २१ गते हुन गईरहेको प्रदेश सभाको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ ‘क’ मा वाम गठबन्धनको तर्फबाट प्रदेशसभा उम्मेदवार हुनुहन्छ । उहाँको के कस्ता प्रतिवद्धताहरु छन् । किन लाल कुमारी ‘सुशिला’ लाई जिताउनुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर कुराकानी गर्दा पुन अगाडी भन्नुहुन्छ:

‘देशलाई स्थायी र जनताको सरकार निर्माण गरी मुलुकलाई सही बाटोमा डोर्‍याउँदै जनचाहना बमोजिम विकसित र समुन्नत राष्ट्र बनाउने महान उद्देश्य सहित वाम गठवन्धन भएको हो । हामीले घोषणापत्रबाट पनि प्रतिवद्धता जारी गरेका छौं । मैले विशेष रुपमा भन्नुपर्दा ललितपुर क्षेत्र नम्बर १ को समृद्धि र विकासको लागि काम गर्नेछु ।’

जसमा, 
कला, संस्कृति र सम्पदाको संरक्षणको गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ । सडक तथा यातायात, स्वास्थ्य, युवा खेलकुद तथा मनोरञ्जन, महिला तथा वालवालिका, ज्येष्ठ नागरिक, उद्योग तथा व्यवसाय, पर्यटन, कृषि जस्ता क्षेत्रमा काम गरी ललितपुर क्षेत्र नम्बर १ लाई समृद्धि र विकसित जिल्ला बनाउने सपना देखेको छु ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org