ताजा समाचार

पाकिस्तानको पेशावरस्थित एटीआई होस्टलमा गोली आक्रमण, ९ को मृत्यु

एजेन्सी, १५ मंसिर । पाकिस्तानको पेशावरको एक होस्टलमा आक्रमण हुँदा ९ जनाको ज्यान गएको छ । पेशावरस्थित एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई) को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको ज्यान गएको हो ।

आक्रमणमा परी ३७ जना घाइते भएका बीबीसीले जनाएको छ । अहिले पनि अपरेशन जारी छ र, मृतकको संख्या बढ्नसक्छ । अपरेशनका क्रममा तीन बन्धुकधारी पनि मारिएका छन् । घटनामा दुई सैनिक पनि घाइते भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org