ताजा समाचार

भ्रष्टाचारीलाई मृत्युदण्डदेखि भारतसँगको खुल्ला सीमा बन्द गर्ने सम्म नेमकिपाको प्रस्ताव

काठमाडौं, १५ मंसिर । राष्ट्र र राष्ट्रियताको सवालामा दृढ रहँदै आएको नेपाल मजदुर किसान पार्टीले महत्वपूर्ण प्रस्ताव अघि सारेको छ । चुनावी अभियानमा रहेको नेमकिपाले भारतसँगको खुल्ला सीमा बन्द गर्ने देखि भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय गर्ने सम्मको प्रस्ताव अघि सारेको छ ।

नेमकिपाका उम्मेदवारहरुले आफ्ना चुनावी घोषणापत्रमा उल्लेख भएका प्रस्तावहरु घोषणा गर्दै यस्तो बताएका हुन् । नेमकिपा भक्तपुरले आयोजना गरेको चुनावी सभामा प्रभावशाली महिला नेतृ अनुराधा थापामगरले यस्तो प्रस्ताव गरेकी हुन् ।

चुनावी सभामा उनले भ्रष्टाचारी, देशघाति, चेलिबेटी बेचबिखन गर्ने जस्ता मानवीय कुकृत्य गर्नेलाई मृत्युदण्ड हुनुपर्ने बताईन् । उनले भनिन्, ‘जो भ्रष्टाचारी छ, जो देशघाति छ, जो आफ्नै छोरी चेलि बेचबिखन गर्छ, तिनिहरुलाई मृत्युदण्ड सजाय हुनुपर्छ ।’

त्यस्तै चुनावी अभियानमा बेला सार्वजनिक गरिएका घोषणापत्र कार्यान्वयन नगर्ने दल खारेज गर्नुपर्ने प्रस्ताव समेत गरेकी छन् । उनले भनिन्, ‘चुनावको बेला जनतालाई झुठा आश्वासन दिएर जितेपछि केही नगर्नेहरुको दल नै खारेज हुनुपर्छ ।’

नेपाल भारत खुला सीमानाका कारण चेलिबेटि बेचबिखन, हत्या हिंसा जस्ता अपराधहरु बढ्दै गईरहेको भन्दै सीमा नाका नै सील गर्नुपर्ने बताएकी हुन् । यस्ता विषयका लागि आफुहरुले संसदमा आवाज उठाउँने भन्दै त्यसको लागि भोट दिन सबैमा आग्रह गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org