ताजा समाचार

आँधी र वर्षाका कारण भारतमा ८ जनाको मृत्यु, सयौँ बेपत्ता

नयाँदिल्ली, १५ मंसिर । भारतको दक्षिणी भूभाग तामिल नाडू र केरला प्रान्तमा आएको आँधी र वर्षाका कारण आठ जनाको ज्यान गएको छ । सयौँ बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हराउने अधिकांश माछामार्न समुद्रमा गएका माझीहरु छन् । उनीहरु व्यवसायिक मछुवा रहेका बताइएको छ। बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि वर्षा भएसँगै ठूलो संख्यामा नागरिकहरु हताहत भएका जनाइएको छ। तामिननाडू, केरला र दक्षिणी भारतको लक्षदीप स्थानमा आँधीले ठूलो असर गरेको छ। यहाँका संरचना एवं प्राकृतिक सम्पदामा ठूलो प्रभाव परेको बताइएको छ।

अहिले पनि ती क्षेत्रमा आँधीको प्रकोप जारी नै छ। घटनामा उद्दार प्रभावकारी गर्न नपाइएको अधिकारीहरुले बताएका छन्। हराएका नागरिकको खोजी जारी भएपनि उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन। उद्दारकर्मीले आँधीको कम हुनासाथ खोजी अभियान सुरु गर्ने बताएका छन्। रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org