ताजा समाचार

वामगठबन्धनको दुई तिहाइ सपना मात्र

राजविराज, १५ मंसिर । राष्ट्रिय जनता पार्टी राजपा नेपालका महासचिव मनिषकुमार सुमनले अगामी निर्वाचनमा वामगठबन्धनले दुई तिहाइ मत ल्याउन नसक्ने बताउनुभएको छ । सप्तरी क्षेत्र नं २ को ख प्रदेशसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता सुमनले आज रासससँग कुरा गर्दै उहाँले वामगठबन्धनले सदयौंदेखि मधेसमा बसोवास गर्ने मधेसी जनतालाई हेप्ने र ठग्ने काम गरेकाले मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभामा निर्वाचनमा मधेसी जनताले वामगठबन्धनलाई भोट नदिने जिकिर गर्नुभयो ।

नेता सुमनले वामगठबन्धनका पार्टीहरु मधेसीको हक अधिकार विपरीत संविधान जारी गरेको र जारी भएको संविधान पनि संशोधन प्रक्रियामा विपक्षमा उभिएकाले उनीहरुलाई मधेसी जनताले भोट नहाल्ने र २ नं प्रदेशमा हरेक सिटमा मधेसी गठबन्धनको बहुमत आउने दाबी गर्नुभयो ।

वामगठबन्धनले बहुदलीयलाई दबाएर एकदलीय शासन ल्याउन खोजेको आरोप लगाउँदै नेता सुमनले विभेद्कारी शक्ति परास्त नभएसम्म र मधेशमैत्री संविधान नबन्नेसम्म मधेशी जनताको आन्दोलन जारी रहने बताउनुभयो । मधेशी जनताको चाहनाअनुसार नै राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबीच तालमेल भई मधेशी गठबन्धन बनेको भन्दै मधेशी जनताले राजपा र फोरमलाई मतदान गरेर आफ्नो ताकत देखाउन पनि आग्रह गर्नुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org