ताजा समाचार

सिचाईमन्त्री गौतमले कांग्रेस प्रवेश नगरेको भन्दै एक महिलाको जागिर खोसे

बर्दिया, १५ मंसिर । यतिबेला देश निर्वाचनमय बनिरहेको छ । राजनीतिक दलहरुले देखि आम नागरिक समेत निर्वाचन केन्द्रीत भईरहेका छन् । उम्मेदवार तथा राजनीतिक दलहरु चुनावी अभियानमा व्यवस्त छन् । आम नागरिक तथा मतदाता पनि उनीहरुले विगतमा गरेका बाँचाको हिसाब किताव खोजिरहेका छन् । जनतालाई भोट माग्दै विभिन्न आश्वासन तथा विकासका कुराहरु गरिरहेका छन् ।

बर्दियामा पनि कार्यवाहक मन्त्री देखि विभिन्न राजनीतिक दलका नेताहरु उम्मेदवार बनेका छन् । त्यस्तैमा विकास र रोजगारीको मुख्य चुनावी नारा बनाएका सिचाई मन्त्री एवं बर्दियाबाट प्रतिनीधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार संजय गौतम पनि एक हुन् । सिचाई मन्त्री समेत रहेका गौमत यतिबेला एउटा विवादमा परेका छन् । एक महिलाले उनीमाथि आफ्नो रोजगारी खोसिदिएको आरोप लगाएकी छन् ।

बबई सिचाई आयोजनाको कार्यालय धधवार बैदीमा कार्यरत बारबर्दिया नगरपालिका वडा नम्बर ८ दुधा बस्ने भगवती गौतमले सिचाई मन्त्री एवं प्रतिनीधि सभाका उम्मेदवार संजय गौतमले आफ्नो रोजगारी खोसेको आरोप लगाएकी हुन् ।

सुकुम्बासी बस्तीमा बस्ने भगवतीका श्रीमानले अर्कै श्रीमती लगेर लामो समय देखि कान्छी श्रीमतीसँग बस्दै आएका छन् । २ वटा छोरा र सासु आमा पाल्दै आएकी भगवती आफु आर्थिक अभावका कारण छोरा पढाउन र सासु आमा पाल्न धौ धौ भएको बताएकी छन् । उनले भनिन् – ‘छोरा कमाउने भएका छैनन् बुढाले नहेरेको १५ बर्ष बित्यो । यस्तो अवस्थामा काँग्रेसीहरुले मलाई रोजगारीबाट निकाले ।’

नेपाली काँग्रेस प्रवेश गर्न दवाव दिएपनि आँफु उक्त पार्टीमा प्रवेश नगरेपछि भएको रोजगारी खोसिएको उनले दावी गरेकी छन् । ‘साँझ विहानको छाक मात्र होईन अब छोराको पढाई र सासु आमाको औषधि उपचार गर्ने जोहो कहाँ गर्ने होला’ भन्दै आँसु पुछ्दै भगवतीले भनिन् –‘सबैलाई रोजगारी दिन्छु भन्दै सिचाई मन्त्री एवं प्रतिनीधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार संजय गौतम गाउँ गाउँ हिडेका छन् । मेरो भएको जागिर त खोसियो अरुलाई कसरी जागिर देलान र ?’

महिलाको रोजगारी खोसिएको विषयमा आयोजना प्रमुख रमेश बन्धु अर्यालसँग कुरा गर्दा दैनिक ज्याला मजदुरीमा काममा लगाएको भन्दै काम सकिएकोले निकालिएको बताएका छन् । आयोजना प्रमुखले यसो बताएको भएता पनि भगवती गौतमलाई हटाएर नेपाली काँग्रेसकी निरु देवकोटालाई राखिएको जनाईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org