राष्ट्रियसभा सदस्य बन्ने कुरा पूर्णतः असत्य होः विमलेन्द्र निधि
जनकपुरधाम, १५ मंसिर । नेपाली काँग्रेसका नेता एवं धनुषा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो बारेमा राष्ट्रियसभा सदस्यका प्रशंग कपोलकल्पित भएको बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी त्याग गरी राष्ट्रियसभाको सदस्य बन्ने कुरा पूर्णतः असत्य हो भन्नुभयो ।
नेता निधिले आफ्नो उम्मेदवारी त्याग बारेमा अभिव्यक्ति दिनेलाई नै उम्मेदवारी त्याग गर्न आग्रह गर्दै आफू कतै छोडेर नगएको र प्रतिनिधिसभा सदस्य उम्मेदवार छु भन्नुभयो । उहाँले आफू यही जन्मेको, संघर्ष गरेको, विकासका पूर्वाधार स्थापना गराएको, जनकपुरलाई राजधानी बनाउन र राजर्षीजनक विश्वविद्यालय स्थापना गराउन प्रयासरत रहेका कारण आफ्नो बारेमा राष्ट्रियसभा सदस्यलाई जोडेर सार्वजनिक भएको कुरा निराधार भएको स्पष्ट पार्नुभयो ।
एक प्रश्नको जवाफमा उहाँले आफ्नो कसैसँग प्रतिस्पर्धा नभएको उल्लेख गर्दै आफू अनुमान गरेका भन्दा अधिक मत प्राप्त गर्ने दाबी गर्नुभयो । नेता निधिले देशमा राजनीतिक स्थिरता र मधेश मुद्दाको सम्बोधन सन्दर्भमा संविधान संशोधनका लागि नेपाली काँग्रेसलाई बहुमत दिन मतदातालाई आग्रह गर्नुभयो । रासस
Comments
अरु समाचार
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...